पश्चिम एसियामा शान्ति आह्वान
gorkhapatraonline.com · Sun Sep 13 00:36:20 GMT 2026

चीन, रुस, भारत, इरानसहित ११ राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन् । “हामी पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौँ र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन तथा परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौँ,” शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
अठारौँ ब्रिक्स शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा शनिबार सुरु भएको हो । दुईदिने सम्मेलनमा ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा गहन छलफल गर्दै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)