मलेसिया रोजगारीमा २५० संस्थाको नयाँ पूर्वस्वीकृति प्रक्रिया रोक्का
clickmandu.com · Sun Sep 13 00:45:34 GMT 2026

काठमाडौं । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।
वैदेशिक रोजगार विभागले उक्त प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन, आफू उक्त प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाण सहित पेस गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ । ती संस्थाका आबद्ध वा सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका २५० संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि हाललाई रोक्का गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)