ऊर्जा क्षेत्रको पुनर्उत्थान र दीर्घकालीन रणनीति बनाउनुपर्नेमा कुलमानको जोड
clickmandu.com · Sun Sep 13 00:53:21 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक तथा पूर्वऊर्जा मन्त्री कुलमान घिसिङले गत भदौ १० मा रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीका कारण संकटमा परेको देशको जलविद्युत् क्षेत्रलाई उकास्न सरकार, विद्युत् प्राधिकरण र निजी क्षेत्र बीच एकीकृत समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
विपद्का कारण पूर्वाधार क्षेत्रमा खर्बौँ रूपैयाँको अपूरणीय क्षति पुगेको भए पनि यसै घटनालाई आधार बनाएर नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न डराउने वा हतोत्साही हुने वातावरण बन्न दिन नहुने उनले स्पष्ट पारेका छन् । यस्ता प्रलयकारी प्राकृतिक विपत्तिहरू सयौँ वा हजारौँ वर्षमा एकाध पटक मात्रै आउने भएकाले लगानीकर्ताहरूलाई नआत्तिन आग्रह गर्दै आगामी दिनमा निर्माण हुने आयोजनाहरूमा पर्याप्त सुरक्षा मार्जिन राखेर अझ बलियो र जलवायु उत्थानशील ढङ्गले पूर्वाधारहरू तयार गर्नुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)