संकटमा रहेको कस्तूरी मृगको संरक्षण अभियान
annapurnapost.com · Thu May 28 06:21:54 GMT 2026

काठमाडौं : पश्चिम नेपालको दुर्गम हिमाली क्षेत्र डोल्पामा रैथाने कस्तूरी मृग (हिमालयन मस्क डियर)को संरक्षण, अनुसन्धान र जनचेतना अभिवृद्धि कार्यक्रम अघि बढाइएको छ।
लोक पिपुल इन एक्सन ‘प्रोजेक्ट एलएएच’अन्तर्गत रैथाने कस्तूरी मृगसँग सम्बन्धित स्थलगत गतिविधिहरूले तीव्रता पाएका छन्। वन क्षेत्रमा बढ्दो मानवीय गतिविधि, वासस्थानको विनास र चोरी–सिकारीको उच्च जोखिमका कारण यो प्रजाति संकटमा परिरहेका बेला स्थानीयको सहभागितामा यो संरक्षण अभियान अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)