अनुदानको लोभमा खोलिएका उद्योग खारेज
gorkhapatraonline.com · Sun Sep 13 01:13:22 GMT 2026

। सुर्खेतमा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाबाट प्राप्त हुने अनुदानको लोभमा स्थापना भएका धेरै जसो उद्योग खारेज भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका अनुसार खारेज हुने धेरै जसो उद्योगमा कृषितर्फका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा कार्यालयमा ३०३ वटा उद्योग खारेज भएका छन् । जसमा उद्योगतर्फ २५४ र वाणिज्यतर्फ ४९ वटा रहेका छन् । कार्यालय प्रमुख मुकुन्दनाथ योगीले गत आवमा ३०३ वटा उद्योग खारेज भएको जानकारी दिँदै खारेज हुनेमा धेरै जसो कृषितर्फका रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)