प्राविधिक शिक्षा सुधारका लागि नयाँ कानुनको तयारी, राय सुझाव माग
ictsamachar.com

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला तथा आम नागरिकसँग सुझाव माग गरेको छ । मन्त्रालयले प्रस्तावित कानुनबारे अध्ययन गरी राय दिन सबैलाई आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकमा विभिन्न संरचनागत परिवर्तन प्रस्ताव गरिएका छन् । मस्यौदाअनुसार ऐन प्रमाणीकरण भएको ३१ औं दिनदेखि लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)