शव पहिचानको लागि डिएनए परिक्षण जारी, सबै रिपोर्ट आउन अझै अढाई महिना लाग्ने
kendrabindu.com · Sun Sep 13 01:16:40 GMT 2026

काठमाडौं । भोटेकोसीमा बाढीमा मृत्यु भइ शव पहिचान गर्नको लागि ७७९ जनाको रगत संकलन गरिएको र करीब चार सय शवको डीएनए परिक्षणको सेम्पल तयार भएको प्रहरीले जनाएको छ ।
डीएनएका लागि रगत दिने आफन्तको संख्या दिनदिनै बढ्दो छ। बाढीपछि चार हजारभन्दा बढी मानिस हराइरहेका छन्। अब अहिलेसम्म भेटिएका शव कसका हुन् भनेर थाहा पाउन डीएनए नै अन्तिम विकल्प देखिएको छ। अहिलेसम्म जसले आफन्तको शव पनि पाएका छैनन्, उनीहरू डीएनएको रिपोर्ट पर्खिरहेको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)