पैँतिस करोडभन्दा बढीको स्याउ बिक्री
gorkhapatraonline.com · Sun Sep 13 01:15:58 GMT 2026

जुम्लाका किसान र व्यापारी अर्गानिक स्याउ सङ्कलन र बेच्न व्यस्त छन् । स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिसमा किसानका स्याउ धमाधम जिल्लाबाहिरका सहर बजारमा निर्यात भइरहेको छ ।
व्यापारीले बगैँचामै आएर स्याउ खरिद गर्ने गरेका कारण यस पटक स्याउ बिक्री सजिलो भएको किसान बताउँछन् । भदौको तेस्रो सातासम्म जुम्लाको गुणस्तरीय स्याउका गाडी सुर्खेत, नेपालगन्ज, काठमाडौँलगायतका सहरमा गइरहेका छन् । कर्णाली राजमार्गमा गुड्ने ट्रकले अहिले स्याउ बोकिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)