वाणगंगा नदीमा फसेका १२ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
gorkhapatraonline.com · Sun Sep 13 01:21:16 GMT 2026

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६, बर्मेलीस्थित वाणगंगा नदीमा आएको बाढीमा फसेका १२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकामा ११ जना महिला र एक जना पुरुष रहेका छन् ।
घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू पहाडी क्षेत्रमा ठुलो वर्षा भएपछि वाणगंगा नदीमा एक्कासि बाढी आउँदा नदीमै फसेका थिए । नदीमा पानीको बहाव बढेपछि उनीहरू फर्कन नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)