गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श
gorkhapatraonline.com · Sun Sep 13 01:33:39 GMT 2026

गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रूपिन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरिएको थियो । साहित्यकार प्रभावीले गण्डकी प्रदेशमा गजलको इतिहास, यस क्षेत्रमा भएका साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गरेका स्रष्टा, सक्रिय सङ्घ संस्था तथा गजल क्षेत्रले भोग्दै आएका विभिन्न उतारचढावका विषयमा प्रकाश पार्नुभयो । गण्डकी प्रदेशका पूर्वमन्त्री गोविन्दबहादुर नेपालीले गण्डकीमा गजलको अवस्था समेटेर गोष्ठीपत्र तयार पार्न गरिएको मेहनतको प्रशंसा गर्नुभयो । सहभागीबाट प्राप्त सुझावलाई समेटेर गोष्ठीपत्रलाई पूर्णता दिन आग्रह गर्दै उहाँले यो सामग्री आगामी दिनमा गण्डकी प्रदेशको गजल विधासम्बन्धी महत्वपूर्ण दस्ताबेज बन्न सक्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)