ब्रिक्स डिनरमा भारतीय स्वाद र संस्कृतिको झल्को : चिनोको पुलाउदेखि जेरीसम्म, १६० कलाकारको प्रस्तुति
ratopati.com · Sun Sep 13 01:38:31 GMT 2026

नयाँ दिल्ली । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरूले शनिबार भारतीय परिकारको स्वादसँगै स्थानीय कला र संस्कृतिको विविधता पनि अनुभव गरेका छन् । नयाँदिल्लीस्थित भारत मण्डपममा आयोजित रात्रिभोजमा भारतीय खानपान र सांस्कृतिक प्रस्तुतिलाई विशेष महत्त्व दिइएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आतिथ्यमा भएको रात्रिभोजमा शाकाहारी परिकारलाई प्राथमिकता दिइएको थियो । भारतले ‘श्री अन्न’ नाम दिएको मोटा अनाज –चिनो, कागुनो, कोदो, फापर आदि)लाई मेनुको विशेष आकर्षण बनाइएको थियो । यस्ता परम्परागत अनाजबाट तयार गरिएका परिकारसँगै हिमाली गुच्छी च्याउ, दक्षिण भारतीय तरकारी र विभिन्न मिठाई पाहुनालाई खुवाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)