पोखरेली रङ्गमञ्चमा ‘सेतो धरती’
gorkhapatraonline.com · Sun Sep 13 01:39:23 GMT 2026

नेपालमा चर्चित आख्यान/काव्यलाई रङ्गमञ्चमा उतार्ने क्रम बढ्दै गएको छ । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ खण्डकाव्य, गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ कथा, हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ नाटक रङ्गमञ्चमा लोकप्रिय बनेका थिए । नयनराज पाण्डेको ‘लु’ उपन्यास, पारिजातको ‘शिरिषको फूल’ हुँदै अहिले आख्यानकार अमर न्यौपानेको ‘सेतो धरती’ उपन्यासलाई नाट्य रूपान्तर गरी रङ्गमञ्चमा देखाइँदै छ ।
२०६८ सालको मदन पुरस्कार प्राप्त सेतो धरती काठमाडौँ र विराटनगरपछि पोखराको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन भइरहेको छ । कान्तिपुर थियटरले काठमाडौँमा १०१ सो प्रदर्शन गरेको यो नाटकको निर्देशन सुन्दर धितालले गर्नुभएको छ । पोखराका नगरप्रमुख धनराज आचार्यले नाटकको पोखरा मञ्चन सुरुवात गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)