भारतको पहिलो बेलीब्रिज नेपाल आइपुग्यो
kendrabindu.com · Sun Sep 13 01:43:24 GMT 2026

काठमाडौं । भारतबाट ७० मिटर लामो बेलिब्रिजका सामग्रीको पहिलो खेप नेपाल आएको छ । भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई उक्त बेलिब्रिज हस्तान्तरण गरिएको छ ।
हस्तान्तरणका क्रममा मकवानपुर–१ का सांसद प्रकाश गौतम, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा तथा जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिको उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)