वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
ratopati.com · Sun Sep 13 01:45:13 GMT 2026

पर्सा । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।
हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)