आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?
reportersnepal.com · Sun Sep 13 01:49:36 GMT 2026

काठमाडौं, भदौ २८ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबै प्रदेशको थोरै स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)