दुहबीको बजेट ९७ करोड ६६ लाख
gorkhapatraonline.com · Sun Jun 21 02:44:43 GMT 2026

सुनसरीको दुहबी नगरपालिकाको १९ औँ नगर सभाबाट ९७ करोड ६६ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । दुहबीमा सुरु भएको नगर सभामा आर्थिक वर्ष २०८३/८४ को बजेट, नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै उपप्रमुख मेनुका पोखरेल खतिवडाले कुल ९७ करोड ६६ लाख रुपियाँ बजेटसहितको नीति तथा कार्यव्रmम सार्वजनिक गर्नुभएको हो । नगर सभामा असार १० गतेभित्र बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
गत आवको भुक्तानी गर्न बाँकी दायित्व करिब १६ करोड रहेको छ । यो बजेट गत वर्षको भन्दा करिब चार करोड रुपियाँ बढी हो । आव २०८२/८३ मा दुहबी नगरपालिकाले ९३ करोड ६५ लाख रुपियाँ बजेट सार्वजनिक गरेको थियो । चालुतर्फ २४ करोड ७० लाख, पुँजिगततर्फ ४२ करोड ६६ लाख, सङ्घीय ससर्त २९ करोड १८ लाख, प्रदेश ससर्त एक करोड १२ लाख रहेको छ भने आन्तरिक स्रोत सङ्कलन लक्ष्य १४ करोड रुपियाँ रहेको छ । सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख वेदनारायण गच्छदारले आफ्नो १० बर्से कार्यकाल सकिन लाग्दाको सम्भवतः अन्तिम नगर सभासमेत भएको भन्दै आफ्नो योग्यता, क्षमता, सव्रिmयता र अनुभवको भरपूर उपयोग गरी सेवा गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)