वीरगञ्जमा सडक विस्तार जारी, सडक मिचेर बनाएका घर टहरा डोजरले हटाइदै
kendrabindu.com · Sun Sep 13 01:55:48 GMT 2026

वीरगञ्ज । वीरगञ्जको सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।
हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)