फिलिपिनी जहाजमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो
barnanmedia.com · Sun Sep 13 01:59:36 GMT 2026

फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ । घटनामा परेका १३ जना अझै बेपत्ता छन् ।
पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या ७६ पुगेको हो । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।उद्धार र अनुसन्धान कार्य जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)