हिमप्रलयको वैज्ञानिक अध्ययन
gorkhapatraonline.com · Sun Sep 13 02:23:13 GMT 2026

भदौ १० गते बिहान ल्हेन्देखोला हुँदै भोटेकोशी नदीमा उर्लिएको बाढीले रसुवा र नुवाकोटका दर्जनौँ बस्ती बगायो । सतहमा हेर्दा यो एउटा अकस्मात् आपत्काल जस्तो देखिए पनि भौगोलिक तथा भूसूचना विज्ञानको दृष्टिले हेर्ने हो भने यो घटना कुनै संयोग होइन । यो बर्सौंदेखि उपग्रह चित्रमा देखिँदै आएको जोखिमको अपेक्षित परिणति थियो । इसिमोडलगायत संस्थाले निकाल्दै आएको हिमनदीसँग सम्बन्धित अनुसन्धान प्रतिवेदनले यस्ता घटनाको सङ्केत गरेको थियो । यसमा नेपालले सरकारी तहमा अध्ययन, अनुसन्धान र तयारी गर्न भने नसकेकै हो ।
घटनाको प्रारम्भिक शृङ्खला हेर्दा तथा विभिन्न समाचार अनुसार तिब्बततिर हलचल भयो । ल्हेन्देखोलामाथिको भिरालो हिउँ–हिमपत्तीलाई ढल्काइदियो । त्यही हिमपहिरोको भारले माथिल्लो हिमतालमा अचानक दबाब थपियो र तालको बाँध फुट्यो । भूकम्प गएको ठ्याक्कै सात मिनेटपछि नै सीमानाकाको सुरक्षा क्यामराले पानी उर्लिएको दृश्य कैद गरेको पाइनु आफैँमा यो शृङ्खला भूकम्प, ग्राभिटी–चालित हिमपहिरो र हिमताल विस्फोट बाढी हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जारी गरेका तस्बिरले यसलाई पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)