विद्यालयमा आगलागी : केन्यामा १६ विद्यार्थीको मृत्यु, ७४ जना घाइते
annapurnapost.com · Thu May 28 07:38:37 GMT 2026

केन्या : केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिम गिलगिलस्थित एक बोर्डिङ स्कुलमा भएको आगलागीमा १६ जना विद्यार्थीको मृत्यु छ । आगलागीबाट अन्य ७४ विद्यार्थी घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको घटनास्थलमा उपस्थित एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । केन्या रेड क्रस र प्रहरीका अनुसार युटुमिशी गल्र्स स्कुलको होस्टेलमा विद्यार्थीहरू सुतिरहेका बेला बिहीबार बिहान सबेरै आगलागी सुरु भएको थियो ।
प्रहरीले अहिले उद्धार तथा खोजी कार्य जारी रहेको र आगलागीको कारण अझै यकिन हुन नसकेको जनाएको छ । केन्या रेड क्रसले आपतकालीन टोलीहरू घटनास्थलमा राहत तथा सहयोगमा खटिएको बताएको छ । प्रहरी कमाण्डर मसउद मुइनीले बाहिर भेला भएका अभिभावक र भीडलाई सम्बोधन गर्दै भने, ‘यो निकै दुःखद र पीडादायी अवस्था हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)