फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता
nepalviews.com · Sun Sep 13 02:30:02 GMT 2026

एजेन्सी । फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ ।
घटनामा परेका १३ जना अझै बेपत्ता छन् । पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल सङ्ख्या ७६ पुर्याएको छ । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो । पीसीजीले सार्वजनिक गरेको भिडियोमा यात्रु फेरी पूर्ण रूपमा जलेको देखिन्छ, जहाँ खरानी र जलेको संरचनाका भग्नावशेष छन् । उद्धार र अनुसन्धान कार्य जारी छ । सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)