बाढीपीडित आफैं सरे स्वारडाँडा
annapurnapost.com · Sun Sep 13 02:34:35 GMT 2026

नुवाकोट : चीनको भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट भदौ १० गते बुधबार त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटसहित रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।
प्रलयकारी बाढीले सयौं घर, पुल, जलविद्युत्, सडक र विद्यालयलगायतका संरचना बगाएपछि हजारौं व्यक्ति घरबारविहीन भएका छन् भने कैयौं अझै हराइरहेका छन्। बाढीको विनाशपछि नुवाकोटका प्रभावित क्षेत्रमा स्थानीयको स्वस्फूर्त पुनस्र्थापना, सरकार तथा विभिन्न निकायको राहत, सडक र खानेपानीजस्ता अत्यावश्यक पूर्वाधारको द्रुत मर्मतसम्भार तीव्र पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)