नदीहरूमा जलसतह बढ्ने सम्भावना: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
clickmandu.com · Sun Sep 13 02:56:10 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका अधिकांश नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले आज जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार, हाल देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ । यद्यपि, आगामी तीन दिनसम्म कोशी, नारायणी, कन्काई, कमला र बागमती नदीका सहायक नदीहरूमा जलसतह ‘उल्लेख्य बढ्ने’ र कर्णाली, महाकाली, पूर्वी तथा पश्चिम राप्ती र बबई नदीमा जलसतह ‘सामान्य बढ्ने’ पूर्वानुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)