अझै खुलेन पृथ्वी राजमार्ग, दिउँसो मात्र खुल्छ बीपी राजमार्ग [कस्तो छ अरू सडकको अवस्था?]
himalpress.com · Sun Sep 13 03:00:37 GMT 2026

काठमाडौँ- आज देशका विभिन्न राजमार्ग अवरुद्ध छन्। नेपाल प्रहरीको विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित छन्। काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। १० टनसम्मका मालवाहक सवारीलाई राति सञ्चालन गर्न दिइने र मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)