चुक्कीको चिनोले बनायो दुई छोरा अधिकृत
nagariknews.nagariknetwork.com · Sun Sep 13 03:05:22 GMT 2026

जुम्लाको पातारासी गाउँपालिका–६ घोडेसिनकी ६४ वर्षीया चुक्की महताराले जीवनभर खेतमा चिनो, कागुनो, फापर र तिलखुरो फलाइन्। केही घरमै राखिन्, केही बजारमा बेचिन्। खेतबाट निस्किएको अन्नले उनको भान्सा मात्र धानेन, परिवारको भविष्य पनि धान्यो।
त्यही अन्न बेचेर उनले छोराहरू पढाइन्। दुई छोरा सरकारी सेवामा अधिकृत बने। अहिले पनि उनको घरमा करिब पाँच लाख रुपैयाँ बचत छ। ‘यहीँको अन्न बेचेर दुई छोरालाई अधिकृत बनाएँ,’ महतारा भन्छिन्, ‘खेती गरेपछि घर चलाउन अरूको भर पर्नुपरेन।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)