बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
nepalnews.com · Sun Sep 13 03:18:27 GMT 2026

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्ग र सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार प्राकृतिक विपत्तिका कारण धेरै स्थानमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशको पाँचथरस्थित फिदिम-फालेलुङ सडकखण्ड पहिरोले पूर्ण रूपमा बन्द छ। बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित छन्। काभ्रेको बीपी राजमार्गको कुर्कोट-नेपालथोक-कटुन्जेबेसी खण्डमा सम्भावित बाढीका कारण सवारी साधन सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। यहाँ १० टनसम्मका मालवाहक सवारीलाई रातको समयमा मात्र अनुमति दिइएको छ भने साना सार्वजनिक सवारीलाई तोकिएको समयमा मात्र चल्न दिइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)