मानव अधिकार आयोगको प्रतिवेदनले कार्की आयोगको निष्पक्षतामाथि प्रश्न उठायो : कांग्रेस
ratopati.com · Thu May 28 08:39:28 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको आन्दोलनका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
कांग्रेसले आन्दोलनका क्रममा भएको हिंसा र राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोग दुवै लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको ठहर गर्दै आयोगको सिफारिसलाई संवैधानिक दायराभित्र रहेर कार्यान्वयन गर्न सरकारलाई दबाब दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)