ब्रिक्स शिखर सम्मेलन २०२६: संरक्षणवाद र आतंकवादविरुद्ध एकजुट भए सदस्य राष्ट्र
annapurnapost.com · Sun Sep 13 03:20:38 GMT 2026

नयाँ दिल्ली : भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलन २०२६ ले १४० बुँदा र ४५ पृष्ठ लामो 'नयाँ दिल्ली घोषणापत्र' सर्वसम्मतिले पारित गरेको छ।घोषणापत्रमा सदस्य राष्ट्रहरूले आतंकवाद, एकपक्षीय आर्थिक प्रतिबन्ध, ट्यारिफ तथा अन्तर्राष्ट्रिय व्यापारिक अवरोधहरूप्रति कडा आपत्ति जनाउँदै बहुपक्षीय सहयोग र वैश्विक शान्तिका विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
घोषणापत्रमा २२ अप्रिल २०२५ मा जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणको कडा शब्दमा भर्त्सना गरिएको छ, जसमा २६ जनाको ज्यान गएको थियो। ब्रिक्स राष्ट्रहरूले आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा सभ्यतासँग जोड्न नमिल्ने उल्लेख गर्दै सीमापार आतंकवाद, आतंकवादको वित्तीय पोषण र उनीहरूलाई सुरक्षित आश्रय दिने प्रवृत्तिका विरुद्ध एकीकृत कारबाही गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)