अस्पताल कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न
swasthyakhabar.com · Thu May 28 08:58:09 GMT 2026

दमौली- प्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँद्वारा प्रदेश अस्पताल, तनहुँको समन्वयमा अस्पतालका कर्मचारीहरूका लागि “तनाव व्यवस्थापन कार्यक्रम” सम्पन्न गरिएको छ। उक्त कार्यक्रम चिकित्सालयको योग हलमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश अस्पताल, तनहुँका व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कमलमोहन वाग्ले थिए।। विशेष अतिथिहरूमा गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. रमेशकुमार के.सी., प्रदेश अस्पताल, तनहुँका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बराल तथा प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँका कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक अमर दवाडी रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)