शीतलबजारमा सडक खोल्न ‘ब्लास्टिङ’ गर्दै सेना
baahrakhari.com · Sun Sep 13 03:42:21 GMT 2026

धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजार सडकखण्डमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी बाटो खोल्ने काम अघि बढाएको छ । सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी बाटो पुनः सञ्चालन गर्न सम्भव नभएपछि सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो ।
सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)