हालसम्म एक हजार ३८६ शव फेला, व्यवस्थापन र डीएनए परीक्षण जारी
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १,३८६ जनाको शव फेला परेको छ। प्रभावित विभिन्न जिल्लाहरूबाट प्राप्त विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३०, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, तनहुँमा ३८ र धादिङमा ७१ जनाको शव बरामद गरिएको छ।
फेला परेका शवहरूको वैज्ञानिक पहिचानका लागि मृतक र तिनका आफन्तहरूको डीएनए नमुना सङ्कलनको कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। अहिलेसम्म मृतकका १,२८६ र आफन्तका १,८४६ गरी कुल ३,१३२ वटा डीएनए नमुना सङ्कलन भइसकेका छन् भने पहिचान नखुलेका शवहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। हालसम्म पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी १,२३० वटा शवहरू सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)