पार्टी एकताका लागि कुलमान घिसिङलाई हर्क साम्पाङको पत्र
arthasansar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा गरेका छन्। उनले पार्टी एकताका लागि आफूले बुधबार नै वार्ताका लागि निमन्त्रणा गरेको हर्कले फेसबुकमा लेखेका छन् ।
साम्पाङले लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ? यस्तो नि हुन्छ ? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)