काठमाडौंको छायांकन सकेर ‘मन बिनाको धन-२’ मुस्ताङतर्फ
kalakarmi.com · Sun Sep 13 04:19:28 GMT 2026

काठमाडौं- टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन बिनाको धन–२’ को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ । २४ दिनसम्म चलेको छायांकन भदौ ४ गतेदेखि गरिएको थियो ।
भदौ ३ गते शुभमुहूर्त गरिएको फिल्मको काठमाडौं चरणको छायांकन सकिएसँगै निर्माण टिम अब मुस्ताङतर्फ जाने तयारीमा छ । केही दिनपछि मुस्ताङमा फिल्मका महत्वपूर्ण दृश्यहरू छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)