जेन–जी आन्दोलनको पाठः बागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनहरूको अनिवार्य बीमा गर्ने तयारी थालेको छ। गत वर्ष भएको जेन–जी आन्दोलनका क्रममा सरकारी संरचनामा भएको अपूरणीय क्षति व्यहोर्नुपरेको आर्थिक भारलाई मध्यनजर गर्दै सरकारले यस वर्ष बीमाका लागि विशेष बजेट नै विनियोजन गरेको हो।
२०८२ भदौ २४ गते हेटौँडासहित मकवानपुर, चितवन, काठमाडौँ, ललितपुर र भक्तपुरमा भएको आन्दोलनका क्रममा प्रदेश सरकारका २६ वटा कार्यालयअन्तर्गतका ६० वटा भवनमा व्यापक तोडफोड तथा आगजनी भएको थियो। भौतिक पूर्वाधारतर्फ मात्रै ५७ करोड ४० लाख रुपैयाँ तथा सवारीसाधन र जिन्सी सामग्रीसमेत जोड्दा कुल करिब १ अर्ब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)