फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
ratopati.com · Sun Jun 21 05:13:59 GMT 2026

काठमाडौँ । रघुजी फिल्मस्काे ब्यानरमा निर्माण हुने फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण औपचारिक घोषणा गरिएको छ । आइतबार सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माणकाे घोषणा गरिएको हो । अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने फिल्म असार महिनाको अन्तिम सातादेखि छायाङ्कनमा जानेछ ।
फिल्ममा चर्चित गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त मुख्य भूमिकामा देखिन लागेका छन् । यी दुवै कलाकार यो डेब्यु फिल्म हो । कमेडी जनरामा निर्माण हुने यस फिल्म पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा दर्शकमाझ प्रस्तुत हुने निर्देशक सापकोटाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)