आकृती कोलोनीको २८ युनिटमध्ये १२ युनिट बिक्री, कतिको गर्यो कारोबार ?
clickmandu.com · Sun Jun 21 05:10:43 GMT 2026

काठमाडौं । बुढानीलकण्ठको हेपाली हाइटमा निर्माण गरिएको आकृती कोलोनीको २८ वटा युनिटमध्ये १२ वटा बिक्री भएको छ । सीडी इन्नोभेटिभ डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिले चालु आवको ९ महिनासम्ममा २८ युनिटमध्ये १२ वटा बिक्री गरेका छन् ।
कम्पनीले गत आवमा ७ युनिट बिक्री गरेको थियो । कम्पनीले उक्त हाउजिङ बिक्री गरेबापत २७ करोड ८० लाख रुपैयाँ रकम संकलन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)