इरानद्वारा हर्मुज जलमार्ग बन्द गरेको घोषणा
barnanmedia.com · Sun Jun 21 05:09:47 GMT 2026

तेहरान । अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेला इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी सञ्चारमाध्यम मेहर न्युज एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले शनिबार हर्मुज बन्द भएको घोषणा गरेको हो।
इरान र अमेरिकाबीच गत बुधबार भएको सम्झौतामा ६० दिनको अवधिका लागि हर्मुज जलमार्गलाई शुल्करहित र खुला राख्ने उल्लेख थियो। ६० दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त १४ बुँदे समझदारीमा उल्लेख थियो। उक्त समझदारीमा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, ६० दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाइने, इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नेलगायत बुँदाहरू उल्लेख थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)