झापामा जेई संक्रमण बढ्दै, असोज ५ देखि खोप अभियान
gorkhapatraonline.com · Sun Sep 13 04:25:03 GMT 2026

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोले फेरि गम्भीर जनस्वास्थ्य चुनौतीको संकेत दिएको छ । पछिल्लो पटक भद्रपुर नगरपालिका–८ का आठ वर्षीय अविनाश टुडुको मृत्यु भएपछि जिल्लामा यस वर्ष जेई संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात र संक्रमितको संख्या १४ पुगेको छ ।
अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा जेई संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि भदौ १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । करिब १४ दिन उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो । घरमै उपचार तथा हेरचाह गरिरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)