जेनजी आन्दोलनको पाठ : बागमती प्रदेशका सबै सरकारी भवनको बीमा गरिँदै
onlinekhabar.com · Sun Sep 13 04:27:10 GMT 2026

२८ भदौ, हेटौंडा । गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा अकल्पनीय क्षति पुगेपछि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने भएको छ।
भविष्यमा आउन सक्ने जोखिम र त्यसबाट पर्ने आर्थिक भार कम गर्न सरकारले सम्पूर्ण सरकारी भवनको बीमाका लागि बजेटसमेत विनियोजन गरिसकेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार, अघिल्लो वर्षको घटनाबाट पाठ सिक्दै बीमाको यो योजना अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)