विज्ञापन क्षेत्रका ‘गुरु’ पौडेलको अनुभव अब पुस्तकमा
kalakarmi.com · Sun Sep 13 04:29:21 GMT 2026

काठमाडौं- विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त/अनुभव’ सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार र पूर्वन्यायाधीश एवं साइबर कानुनका जानकार डा. श्रीकृष्ण भण्डारीले पुस्तकको डिजिटल रूपमा लोकार्पण गरेका हुन् । पुस्तकमा नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रको अवस्था, विज्ञापन निर्माण, यसको बजार तथा फेरिँदो विज्ञापन संस्कृतिलगायतका विषय समेटिएका छन् । साथै, आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीसँगै विज्ञापन निर्माण तथा वितरणको विगत र वर्तमान अवस्थालाई समेत पुस्तकमा प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)