इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
aarthiknews.com

जकार्ता । करिब २४० यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार उक्त जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तान प्रान्तको बान्जारमासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ।
अधिकारीहरूका अनुसार जहाजको अन्तिम ज्ञात अवस्थिति बान्जारमासिनस्थित खोज तथा उद्धार केन्द्रबाट करिब ८० समुद्री माइल टाढा रहेको थियो । जहाज सम्पर्कविहीन भएपछि खोज तथा उद्धारका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाइएको छ। उद्धार टोलीले सम्पर्कविहीन जहाजको अवस्थिति पत्ता लगाउने तथा त्यसमा सवार यात्रुहरूको खोजी गर्ने प्रयास गरिरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)