सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल वाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग
ajakoartha.com · Thu May 28 09:54:00 GMT 2026

काठमाडौं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँ वानेश्वरमा अबस्थित नेपाल वाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले सञ्चालनको सुरु समय देखि विभिन्न जिल्लाका अनाथ, असहाय वालवालिकाहरुको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरुको संरक्षण गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त बाल आश्रममा आश्रित बालबालिकाहरु मध्ये शाम्भवि स्कुलमा अध्ययन गर्ने ८ जना बालबालिकाहरुको लागि वार्षिक पढाई शुल्क रु. ३०,०००/- का दरले जम्मा रु २,४०,०००/- (अक्षरेपी दुई लाख चालिस हजार रुपैयाँ मात्र) को आर्थिक सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)