मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
nepalnews.com · Sun Sep 13 04:39:53 GMT 2026

सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बरिपाटीका ५५ वर्षीय आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार सडकपेटीमा हिँडिरहेका बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि माया नर्सिङ होम पुर्याइएको थियो। त्यहाँबाट कर्णाली प्रदेश अस्पताल पुर्याइएकामा निजको उपचारका मृत्यु भएको हो। मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)