चार वर्षमा एक सय अन्ठाउन्न जनाको ज्यान गयो
gorkhapatraonline.com · Sun Sep 13 04:39:52 GMT 2026

कञ्चनपुरमा चार वर्षको अवधिमा एक हजार बढी सवारी दुर्घटना हुँदा १५८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लामा एक हजार २०५ सवारी दुर्घटनामा परेको जनाएको हो । कार्यालयका अनुसार सो अवधिमा सवारी दुर्घटनामा परेर एक हजार ८८५ मानिस घाइते भएका थिए भने १५८ जनाले ज्यान गुमाएका छन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७९/८० मा ६३ सवारी दुर्घटना हुँदा ५९ जना घाइते भएका थिए भने ४३ जनाको ज्यान गएको थियो । त्यसै गरेर आव २०८०/८१ मा ५६ सवारी दुर्घटना हुँदा ७४ जना घाइते भएका थिए भने ३२ मानिसको ज्यान गएको थियो । आव २०८१/८२ मा ४५२ सवारी दुर्घटना हुँदा ७७३ जना घाइते भएकामा ३८ जनाले ज्यान गुमाएका थिए । आव २०८२/८३ मा ५६४ सवारी दुर्घटनामा परेका थिए । जसमध्ये गत आवमा ८७८ मानिस घाइते भएकामा ४१ जनाले ज्यान गुमाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)