बजेट निर्माणको तयारीमा जुट्यो प्रदेश सरकार
gorkhapatraonline.com · Sun Sep 13 04:45:25 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटेको छ । प्रदेश सभामा चाँडै बजेट प्रस्तुत गर्ने गरी सरकार बजेट निर्माणको तयारीमा जुटेको हो । चालु आर्थिक वर्षको बजेट पास हुन नसकेपछि यो प्रदेश दुई महिनादेखि बजेटविहीन छ । बजेट शून्यताका कारण विकासनिर्माणलगायत प्रदेश सरकारका विभिन्न कार्य ठप्प छन् । यसअघि फेल भएको बजेटलाई पुनरवलोकनसमेत गरेर नयाँ बजेट बनाउने प्रदेश सरकारको तयारी छ ।
यसैबिच शनिबार बसेको मन्त्रीपरिषद् बैठकले बजेट निर्माणलाई द्रुत गतिमा अगाडि बढाउने निर्णय गरेको छ । बैठकले बजेटको पुनरवलोकन तथा परिमार्जनसहित पुनर्लेखन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो । बजेट पुनर्लेखन प्रक्रिया तत्काल अगाडि बढाउनका लागि आर्थिक मामिला मन्त्रालयलाई तत्काल अधिकार प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)