नेपालमा ग्रिन हाइड्रोजनले एलपीजी ग्यासलाई विस्थापित गर्न सक्छ ? ऊर्जा विज्ञसँगको कुराकानी
techpana.com · Sun Jun 21 05:37:30 GMT 2026

नेपालमा पछिल्लो समय ग्रिन हाइड्रोजनको बहसले निकै तीव्रता पाएको छ । काठमाडौँ विश्वविद्यालयले ग्रिन हाइड्रोजन ग्यासबाट चल्ने कार आयात गरेर परीक्षण समेत गरिसकेको छ र यस प्रविधिमा विभिन्न अध्ययन अनुसन्धानलाई निरन्तरता दिइरहेको छ । त्यसैगरी नेपाल इनर्जी फाउन्डेसनले बागलुङको बडीगाड गाउँपालिकास्थित गिरिङ्दी खोला लघु जलविद्युत् आयोजनामा ग्रिन हाइड्रोजन ग्यास उत्पादन गरेर सफलतापूर्वक खाना पकाउने परीक्षण समेत सम्पन्न गरेको छ । अर्कोतर्फ, प्युठानमा बुटवल पावर कम्पनीले झिमरुक जलविद्युत् आयोजनामा पनि ग्रिन हाइड्रोजन ग्यास उत्पादनको प्रक्रिया अघि बढाइसकेको छ ।
यी उदाहरणले नेपालमा ग्रिन हाइड्रोजनको सम्भावना निकै अधिक छ भन्ने कुरालाई पुष्टि गरेका छन् । तर नेपालले यसको प्राविधिक र व्यावसायिक सदुपयोग कसरी गर्न सक्छ ? अहिलेसम्मका अध्ययन अनुसन्धानले के देखाएका छन् ? यिनै विषयमा टेकपानाका लागि अर्जुन पोखरेल ले बागलुङको गिरिङ्दी खोला लघु जलविद्युत् आयोजनामा ग्रिन हाइड्रोजन उत्पादनको पाइलट प्रोजेक्टमा मुख्य भूमिका खेलेका ऊर्जा विज्ञ शेरसिंह भाट सँग विस्तृत कुराकानी गरेका छन् । नेपाल विद्युत् प्राधिकरणबाट अवकाश पाएपछिको उनको यो नवीनतम ऊर्जा यात्रा, ग्रिन हाइड्रोजनको उत्पादन प्रक्रिया, यसका जोखिम, लागत र नीतिगत आवश्यकताका बारेमा गरिएको विस्तृत अन्तर्वार्ता:
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)