ट्रक दुर्घटनामा चालकको मृत्यु
kendrabindu.com · Sun Sep 13 04:58:46 GMT 2026

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका-६ बस्ने २६ वर्षीय अजय थिङ रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)