सिंगापुर जाने क्रिकेट टोलीको विदाइ
annapurnapost.com · Thu May 28 10:15:11 GMT 2026
काठमाडौं : एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ ।
छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र चीन रहेका छन् भने समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् । यसअघि समूह ‘ए’ मा रहेको कतारले भने प्रतियोगितामा सहभागी नजनाउने निर्णय गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)