राजविराज उच्च अदालत बारको अध्यक्षमा बलरामप्रसाद सिंह निर्वाचित
gorkhapatraonline.com · Sun Sep 13 05:01:05 GMT 2026

नेपाल बार एशोसिएशनअन्तर्गत राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलरामप्रसाद सिंह फराकिलो मतान्तरले निर्वाचित हुनुभएको छ ।
आइतबार बिहान सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित सिंहले ११८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नवीन सिंहले ७१ मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का उम्मेदवार देवबहादुर कटुवालले सात मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक धर्मेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)