प्रधानसेनापति सिग्देल चीन भ्रमणमा जानुहुँदै
gorkhapatraonline.com · Sun Sep 13 05:14:06 GMT 2026

काठमाडौँ, भदौ २८ गते । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जानुहुने भएको छ ।प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे चीनको छेन्दु प्रस्थान गर्नुहुने नेपाली सेनाले जनाएको छ ।
यसैबीच नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ। उहाँ हाल नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका महानिर्देशक हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)